काठमाण्डौं, असोज २८ । सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतले जारी गरेको सूचनाअनुसार आजैदेखि लागु हुने गरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

शनिबार र विजया दशमीको दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सुनुवाइ गर्न अदालत खुला रहनेछ ।