नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने
काठमाण्डौं,असोज २५ । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ । देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै केही दिन लाग्ने देखिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्ण रूपमा बाहिरिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भागबाट मनसुन बाहिरिने क्रम जारी छ ।
कोशी, मधेश र वाग्मती प्रदेशका एकरदुई स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको तर ठुलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ ।