इजरायलमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाण्डौं, असोज २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिएका छन् । आजै राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने पुग्ने सचिवालयले जनाएको छ ।
गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट १ जना नेपाली अहिले पनि बेपत्ता छन् ।
इजरायलमा रहेका नेपाली नागरीकहरुमध्ये घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरेको छ ।