काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२०/०२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई अवार्ड प्रदान गरेको जनाइएको छ ।

यस अवार्डले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ । बैंकको पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन फ एकाउन्टेन्ट्स (साफा)ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने जनाइएको छ । बैंकले हाल देशभरमा चार एक्सटेन्सन काउन्टरसहित एक सय ९० शाखा, एक सय १७ शाखारहित बैंकिङ र दुई हजारभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ ।