नबिल बैंकलाई पुनः एसियाली विकास बैंकको अवार्ड
काठमाण्डौं । नबिल बैंक लिमिटेडले सन् २०२१ का लागि एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । बैंकले यो अवार्ड अघिल्लो वर्ष पनि पाएको थियो ।
उक्त प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्ने बैंकले जनाएको छ ।
बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा ट्रेड फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको बैंकको दाबी छ । बैंकले देशभरिमा एक सय ३५ शाखा, एक सय ८४ एटिएम र १ एक हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।