मेगा बैंकका एकै दिन ६ नयाँ शाखा विस्तार
काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेडले एकै दिन ६ नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी ६ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । नयाँ शाखासँगै बैंकका शाखा संख्या १ सय ८४ पुगेको र निकट भविष्यमै थप १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।