नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाण्डौं — धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहिवार दोहोरो अंकले घटेको छ । लगातार नयाँ-नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ ।