आर्थिक वर्षको अन्तिम दिन सेयर बजार बढ्यो
काठमाण्डौं । आर्थिक वर्षको अन्तिम दिन सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको छ । वर्षभरिका अधिकांश दिन उच्च अंकले बढेपनि असार महिनामा आएर सुस्ताएको सेयर बजारमा परिसूचक अन्तिम दिन बिहीबार १३.३३ अंकले बढेको छ ।
होटल र पर्यटन, विकास बैंक, उत्पादनमूलक, अन्य, बिमा र लगानीबाहेकका समूहले परिसूचक २८८३.३८ अंकका उकालेका हुन् । जलविद्युत् समहूको पसिूचक ५६. १४, वित्त समूहको परिसूचक ४७.८९, लघुवित्त समहूको परिसूचक ४५.७१, निर्जिवन बिमा समूहको परिसूचक ३६.२६, व्यापार समूहको परिसूचक २८.७१, वाणिज्य बैंक समूहको परिसूचक ६.३ र म्युचुअल फण्ड समहूको परिसूचक ०.०७ प्रतिशतले बढेको छ ।
होटल र पर्यटन समूहको परिसूचक भने ५०.३८, बिमा समूहको परिसूचक ४३.११, विकास बैंक समहूको परिसूचक १३.६६, अन्य समूहको परिसूचक ७.८१, उत्पादनमूलक समूहको परिसूचक ५.८७ र लगानी समहूको परिसूचक ०.०१ अंकले घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार आएको छ ।
चालु आर्थिक वर्षमा नेप्से परिसूचकले ऐतिहासिक अंक पार गरेर ३ हजारभन्दा माथि पुगेको थियो । यस्तै, एकै दिन २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको रेकर्ड पनि चालु आर्थिक वर्षमा सेयर बजारले राखेको छ ।