काठमाण्डौं – नेपाल चेम्वर अफ कमर्सले नेपाल भारत वीच सम्पन्न संधोधित रेलवे सम्झौताको स्वागत गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताउदै यसका लागि दुवै देशका सरकारलाई धन्यवाद समेत दिनु भयो ।

अध्यक्ष श्री मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने वताउदै चेम्वरले बिगत धेरै समय देखि व्यवसायीक लागत घटाउन पारवहन लागतमा कमी हुनु पर्नेमा जोड दिदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धि  हुने बिश्वास राख्नु भयो र यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने बताउनु भयो ।