काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७ पौष २४ गते आफ्नो दुईवटा MASCOT सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रवद्र्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा MASCOT सार्वजनिक गरेको छ ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ् अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।